लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बि १ को गभर्नरमा ईन्दु लम्साल निर्वाचित

<p>पोखरा । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ बार्षिक महाअधिबेशन वैशाख १३ र १४ गते पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट लायन बर्ष २०१९/२० लागि डिष्ट्रिक्ट गभर्नरमा लायन ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन मनबहादुर रोका, द्धितिय भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन बिशेश्वर आचार्य निर्वाचित भएका छन् । नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर [&hellip;]</p>


पोखरा । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ बार्षिक महाअधिबेशन वैशाख १३ र १४ गते पोखरामा सम्पन्न भएको छ ।

महाधिवेशनबाट लायन बर्ष २०१९/२० लागि डिष्ट्रिक्ट गभर्नरमा लायन ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन मनबहादुर रोका, द्धितिय भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन बिशेश्वर आचार्य निर्वाचित भएका छन् ।

नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर लम्सालले आगामी बर्षकालागि डिस्ट्रिक्ट क्याविनेटमा केही महत्वपूर्ण पदहरूमा मनोनित गरेका छन् । मनोनित पदाधिकारीहरुमा सेक्रेटरी बिनोद ढुङ्गना, ट्रेजरर भिमलाल पौडेल, चिफ एडभाईजर महेन्द्र पौडेल, पिआरओ ईन चिफ रामचन्द्र पोखरेल, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर उदयकुमार नेपाल रहेका छन् ।

रक्तदान, शिक्षा, स्वास्थ सम्बन्धि जनचेतनामूलक कार्यक्रम, सरसफाइ लगायत प्रकृति प्रकोपहरुबाट उत्पन्न हुने असहज परिस्थितिमा उद्धार कार्यमा सकृयता पूर्वक उपस्थित हुने लायन्स क्लवको यस वर्षको मुख्य कार्यक्रम महिला सशक्तीकरण र सीप बिकासमा केन्द्रित हुने लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुजकुमार श्रेष्ठले बताए ।

Share News