काठमाडौं । बैशाख १ गतेदेखि सगरमाथा सफाई अभियान शुरु भएको छ । खुम्बु पासाङ ल्हामु गाँउपालिकाको नेतृत्वमा उक्त अभियान शुरु भएको हो । जेठ १५ गते सम्म हुने सो सफाइको समयमा ३ हजार के.जी फोहोर संकलित हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

अभियान शुरु भएको १५ दिनको दिन पत्रकार सम्मेलन मार्फत महानिर्देशक घिमिरेले सो अभियानका लागि करिब २ करोड ३२ लाख १६ हजार ३ सय रुपैयाँ खर्च हुने जानकारी दिँदै कामका लागि करिब १२ जना जनशक्ति रहेसँगै फोहोर ओसार्ने २ वटा हेलिकप्टर र सेवाका लागि १ हेलिकप्टर रहेको महानिर्देशक घिमिरेले बताए ।
हिमालको अस्तित्व राख्नका लागि सगरमाथाको ठूलो हात रहेको बताउँदै नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउने जरनल विज्ञानदेव पौडेल बताए । प्रत्येक व्यक्ति सगरमाथाबाट झर्दा करिब ५ केजी फोहोर ल्याउनु पर्ने निति, नियम निर्माण भएको जानकारी दिए ।
उक्त अभियानका लागि हालसम्म नेपाल पर्यटन बोर्डले २० लाख, प्रदेश नं १बाट २५ लाख, कोककोलाले ५० लाख, वन तथा वातावरण कार्यालयले ५० लाख, भिजिट नेपालले २० लाख, ट्वान्टी ट्वान्टीले २० लाख, एनएमबि बैंक १० लाख, प्रभु बैंक १० लाख, तारा एयरवेजले ५ लाख, नविल बैंकले ५ लाख रुपैयाँ दिने घोषणा गरेको महानिर्देशक घिमिरेले बताए ।
