काठमाडौं । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँले कारोबार भएको सुन मंगलबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ३ सय घटेर प्रतितोला ५९ हजारमा कारोबार भईरहेको छ ।
चाँदी सोमबार कै मूल्यमा प्रतितोला ७३० रुपैयाँमा बिक्रि भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।