मुख्यमन्त्री पौडेलले भने- संघीय सरकारले सहयोग गरेन

<p>हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर्न स्वायत्तता र कानून निर्माण गर्न सहयोग नगरेको गुनासो गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिको आयोजनामा आज हेटौँडामा भएको पूर्वबजेट छलफल कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताप्रति उत्तरदायी बजेट ल्याउन चाहेपनि केन्द्र सरकारले अधिकार आफूमै केन्द्रित गरेका कारण जनमुखी कार्यक्रम [&hellip;]</p>


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर्न स्वायत्तता र कानून निर्माण गर्न सहयोग नगरेको गुनासो गरेका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिको आयोजनामा आज हेटौँडामा भएको पूर्वबजेट छलफल कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताप्रति उत्तरदायी बजेट ल्याउन चाहेपनि केन्द्र सरकारले अधिकार आफूमै केन्द्रित गरेका कारण जनमुखी कार्यक्रम ल्याउन नसकिएको हो भने ।

सो अवसरमा अर्थ समितिको संयोजक तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको आधारभूत आवश्यकताअनुसारको विकास निर्माण र सेवा सुविधा प्राप्त भए नभएको तथा बजेट कार्यान्वयनमा रहेका कमी–कमजोरीका बारेमा स्थानीय तहको वास्तविकता बुझी सरकारलाई आवश्यक निर्देशन दिन छलफल कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा अर्थ समितिका सदस्यद्वय पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा कृष्णप्रसाद दाहालसहित प्रदेश सरकार, गाउँपालिकाका अध्यक्षहरु, प्रदेशसभा सदस्यहरू तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । रासस

Share News