लगानी प्रस्ताव दर्ता गर्ने समय १ महिना थपियाे, निजगढ विमानस्थलमा ४ कम्पनीकाे चासो

<p>काठमाडौं । लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनाहरुमा लगानीका लागि आवेदन गर्ने मिति एक महिना थप गरिएको छ । यसअघि दिएको अप्रिल २० तारिखसम्मको समयलाई मे २० सम्म पुर्याउने लगानी बोर्ड बैठकले निर्णय गरेको हो । शोकेशमा राखिएका आयोजनामा विदेशी लगानीकर्ताले खासै चासो देखाएका छैनन् । ७७ ओटा प्रस्तावित आयोजनामध्ये हालसम्म १३ ओटा परियोजनाका लागि [&hellip;]</p>

काठमाडौं । लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनाहरुमा लगानीका लागि आवेदन गर्ने मिति एक महिना थप गरिएको छ । यसअघि दिएको अप्रिल २० तारिखसम्मको समयलाई मे २० सम्म पुर्याउने लगानी बोर्ड बैठकले निर्णय गरेको हो ।

शोकेशमा राखिएका आयोजनामा विदेशी लगानीकर्ताले खासै चासो देखाएका छैनन् । ७७ ओटा प्रस्तावित आयोजनामध्ये हालसम्म १३ ओटा परियोजनाका लागि १८ ओटा कम्पनीले लगानीका लागि प्रस्ताव दर्ता गराएका छन् भने बाँकी आयोजनाका लागि कुनै पनि प्रस्ताव प्राप्त भएको छैन ।

बोर्डले लगानी प्रस्ताव आवेदनका लागि समयावधि थप गरे पनि अवधि थप गर्नुका कारण उल्लेख गरेको छैन । तर केही विदेशी कम्पनीहरुबाट प्रस्ताव दर्ताको लागि समय थप गर्न माग भएपछि समय थप गरेको बोर्ड स्रोतले जनाएको छ ।

१८ कम्पनीमध्ये ४ ओटाले निजगढ विमानस्थल निर्माणमा चासो देखाएका छन् । त्यस्तै तमोर हाइड्रोपावर र बाहिरी चक्रपथमा २/२ ओटा तथा काठमाडौं मेट्रो, पश्चिम सेती, बनेपा, चितवन, कास्कीको हेम्जा र मोरङको उर्लाबारीमा एकीकृत कृषि केन्द्र, धुलिखेल मेडिसिटी, भक्तपुरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौं बस र्यापिड ट्रान्जिट, ५५० मेगावाटको सोलार प्लान्ट, लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि १/१ ओटा आवेदन परेको लगानी बोर्डले जनाएको छ ।

सरकारले गत मार्च २९ र ३० तारिखका दिन दोस्रो लगानी सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा करिब ७०० जना विदेशी लगानीकर्ताको सहभागिता थियो ।

Share News