नेपाल एग्रोको आईपीओ खुल्यो, कति भर्ने ?

<p>काठमाडौं । नेपाल एग्रो लघुवित्तको शेयर आवेदन आजदेखि खुल्ने भएको छ । जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरका १ लाख ६१ हजार ७७८ कित्ता शेयर आइतबारदेखि खुला भएको हो । त्यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला भएको छ । उक्त [&hellip;]</p>

काठमाडौं । नेपाल एग्रो लघुवित्तको शेयर आवेदन आजदेखि खुल्ने भएको छ । जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरका १ लाख ६१ हजार ७७८ कित्ता शेयर आइतबारदेखि खुला भएको हो । त्यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला भएको छ ।

उक्त शेयरको आवेदन आइतबार बैंकिङ समयपछि सुरु भई छिटोमा बुधबार बैंकिङ समयसम्म कायम रहनेछ ।
उक्त शेयर १० कित्ता देखि ८०० कित्तासम्म भर्न सकिन्छ । तर १५ हजार १२० जनाले मात्र उक्त शेयर पाउनसक्ने र आवेदक संख्या धेरै हुने सम्भावना भएकोले सो शेयर १० कित्ताभन्दा बढी कसैले पाउने सम्भावना छैन । यस्तो अवस्थामा प्रत्येक आवेदकले १० कित्ताका दरले मात्रै आवेदन गर्नु उपयुक्त हुन्छ ।

Share News