घरेलु तथा साना उद्योगमा २० अर्ब लगानी

<p>भैरहवा । रुपन्देहीमा १२ हजार ८०६ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार ती एक लाखदेखि पाँच करोड रुपियाँसम्म लगानी गरिएका लघु, घरेलु तथा साना उद्योग हुन् । रुपन्देहीमा लघु, घरेलु तथा साना उद्योगका साथै सेवामूलक उद्योगमा गरी झण्डै २० अर्ब रुपियाँ लगानी भएको छ ।कार्यालयका [&hellip;]</p>


भैरहवा । रुपन्देहीमा १२ हजार ८०६ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार ती एक लाखदेखि पाँच करोड रुपियाँसम्म लगानी गरिएका लघु, घरेलु तथा साना उद्योग हुन् ।

रुपन्देहीमा लघु, घरेलु तथा साना उद्योगका साथै सेवामूलक उद्योगमा गरी झण्डै २० अर्ब रुपियाँ लगानी भएको छ ।कार्यालयका अनुसार कुल उद्योगमध्ये सबैभन्दा धेरै छ हजार ११० अर्थात् ४७.७१ प्रतिशत उत्पादनमूलक क्षेत्रका छन् भने सबैभन्दा थोरै कृषि तथा वनजन्य क्षेत्रमा ९५८ अर्थात् ७.४८ प्रतिशत छन् ।

लगानीका हिसाबले उत्पादनमूलक क्षेत्रमा १४ अर्ब ५१ करोड २५ लाख ३१ हजार रुपियाँ रहेको छ भने कृषि तथा वनजन्यमा दुई अर्ब ६६ करोड ८० लाख ७७ हजार रुपियाँ छ । त्यसैगरी पर्यटनमा दुई हजार १०४ अर्थात् १६.४२ प्रतिशत र सेवामूलक क्षेत्रमा तीन हजार ५३४ अर्थात् २८.३७ प्रतिशत उद्योग छन् ।

लगानीका हिसाबले पर्यटन क्षेत्रमा ४२ करोड ९८ लाख ५३ हजार रहेका छन् भने सेवामूलक क्षेत्रमा तीन अर्ब ६८ करोड ६१ लाख ४३ हजार रुपियाँ लगानी भएको कार्यालयले जनाएको छ ।

तथ्याङ्कलाई आधार मान्दा सङ्ख्यात्मक हिसाबले उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था बलियो देखिए पनि लगानीको हिसाबले कृषि तथा वनजन्य क्षेत्रमा उच्च छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share News