नेपाल भ्रमण वर्ष २०२०ः लक्ष्य भेट्न कठिन

<p>काठमाडौं । सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ । पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन् । नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन्। सरकारले यो वर्ष (सन् २०१९) [&hellip;]</p>

काठमाडौं । सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ । पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन् ।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन्। सरकारले यो वर्ष (सन् २०१९) प्रचारप्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो । एक वर्षको तयारीमा झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन व्यवसायी अलमलमा छन् । सरकारले चमत्कारिक काम गरेमात्र लक्ष्य फेला पर्ने उनीहरुको भनाइ छ ।

पूर्वाधारको विकासबिना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकै वर्षमा तयार नहुने धारणा व्यवसायीको छ। पर्यटन व्यवसायी लिलाबल्लभ दाहालका अनुसार नेपाल पर्यटकीय गन्तव्यका हिसाबमा भरिपूर्ण देश हो । तर, ती गन्तव्य भ्रमणका लागि पर्यटकलाई सहज छैन। उनका अनुसार नेपालले हवाई कनेक्टिभिटी बढी देशमा गर्न नसक्दा ठूलो संख्यामा पर्यटक आउने सम्भावना छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

Share News