आजदेखि चितवनमा लगानी सम्मेलन, प्रदेशको विकासका आधारशीला तय गर्ने

<p>चितवन । प्रदेश नम्बर ३ को विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानीे आह्वान गर्न भरतपुरमा वैशाख ६ र ७ गते दुईदिने सम्मेलन गरिने भएको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हुने सम्मेलनबारे जानकारी दिन बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सम्मेलनले यस प्रदेशको विकासका आधारशीला तय गर्ने बताए [&hellip;]</p>

चितवन । प्रदेश नम्बर ३ को विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानीे आह्वान गर्न भरतपुरमा वैशाख ६ र ७ गते दुईदिने सम्मेलन गरिने भएको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हुने सम्मेलनबारे जानकारी दिन बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सम्मेलनले यस प्रदेशको विकासका आधारशीला तय गर्ने बताए ।

प्रदेश नम्बर ३ मा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योगलगायतमा लगानीका सम्भावनाबारे निजी क्षेत्रका प्रतिनिधिलाई जानकारी गराइने र लगानीको आह्वान गरिनेछ, देवकोटाले भने । यसका लागि आयोगले आधारपत्र प्रस्तुत गर्ने उहाँले जानकारी दिए ।

आधारपत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रतिव्यक्ति आय रु चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । यो लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ ।

सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्री, प्रतिनिधिसभाका यस प्रदेशका सांसदहरू, प्रदेशसभाका सांसदहरू सहभागी हुनेछन् ।

त्यसैगरी निजी क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्थाका प्रतिनिधिहरू, उद्योगी विनोद चौधरी, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्मालगायत सहभागी हुने जनाइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले निर्यातमुखी र सबल अर्थतन्त्र निर्माणमा दुईदिने सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी आयोगका सदस्य श्याम बस्नेत र रामचन्द्र ढकालले प्रदेश नम्बर ३ विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले निजी, सरकारी र सहकारी सबैको सहकार्यमा विकासको गति अघि बढाउन सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share News