भन्सार लगातार ओरालोः वीरगन्जमा ६ महिनादेखि लक्ष्यभन्दा कम राजस्व संकलन

<p>वीरगन्ज । मुलुककै मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले ६ महिनादेखि राजस्व लक्ष्य भेट्न सकेको छैन । चैतमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँ मात्र संकलन भएको छ। विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको लक्ष्य दिएको थियो । चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताए । [&hellip;]</p>

वीरगन्ज । मुलुककै मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले ६ महिनादेखि राजस्व लक्ष्य भेट्न सकेको छैन । चैतमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँ मात्र संकलन भएको छ। विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको लक्ष्य दिएको थियो ।

चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताए । आयात कम भएकाले त्यसको असर राजस्व संकलनमा परेको उनको भनाइ छ । ‘चैतभन्दा पहिलेका पाँच महिनामा पनि लक्ष्य लगातार पूरा हुन सकेको थिएन’, उनले भने, ‘तर, चैतमा ६४ प्रतिशत मात्र राजस्व उठेको देख्दा हामीलाई आश्चर्य लागेको छ । किन अप्रत्याशित गिरावट भनेर हामी खोजीनीति गरिरहेका छौं ।’

उनका अनुसार साउनदेखि चैतसम्म नौ महिनामा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ४५ अर्ब १ करोड मूल्यको सामान आयात भएको छ । अघिल्लो वर्षको चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको सामान भित्रिएको थियो । विभागले जसरी लक्ष्य बढायो त्यसअनुरूप व्यापार नबढेकाले आयातमा कमी आई राजस्व लक्ष्य पूरा गर्न नसकिएको उनले सुनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News