असन्तुलित बन्दै बाह्य क्षेत्र : एकै महिनामा साढे ९ अर्बको भुक्तानी असन्तुलन

<p>काठमाडौं । नेपालको बाह्य क्षेत्र थप असन्तुलित बन्दै गएको छ । घट्दो रेमिट्यान्स आप्रवाह र बढ्दो व्यापार घाटाका कारण भुक्तानी असन्तुलनको अवस्था नाजुक बन्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन महिनाको अवधिमा मात्रै देशले ९ अर्ब ३१ करोडको भुक्तानी असन्तुलन व्यहोरेको छ । माघ महिनामा ४९ अर्ब ३२ करोडले घाटामा रहेको बाह्य [&hellip;]</p>

काठमाडौं । नेपालको बाह्य क्षेत्र थप असन्तुलित बन्दै गएको छ । घट्दो रेमिट्यान्स आप्रवाह र बढ्दो व्यापार घाटाका कारण भुक्तानी असन्तुलनको अवस्था नाजुक बन्दै गएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन महिनाको अवधिमा मात्रै देशले ९ अर्ब ३१ करोडको भुक्तानी असन्तुलन व्यहोरेको छ । माघ महिनामा ४९ अर्ब ३२ करोडले घाटामा रहेको बाह्य क्षेत्र फागुन मसान्तमा ५८ अर्ब ९९ करोड रुपैंया पुगेको हो ।

उक्त अवधिमा ६१ अर्ब २२ करोड निर्यात गरी ९४९ अर्ब ११ करोड रुपैंयाको आयात गर्दा व्यापार घाटा करिब ८८८ अर्ब पुगेको छ ।

Share News