बैंकरदेखि व्यवसायीसम्मले थापे राष्ट्रपतिबाट पदक, कसलाई कुन पदक ?

<p>काठमाडौँ । विभिन्न क्षेत्रका योगदान दिने विभिन्न व्यक्तिलाई सरकरले पदक वितरण गरेको छ । नयाँ बर्षको अवसरमा पदक वितरण गरिएको हो । एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक वितरण गरिएको हो । आर्थिक क्षेत्रबाट व्यवसायी हेमराज ढकाल, देवीप्रसाद भट्टचन, लोकमान्य गोल्छा, हरिभक्त शर्मा, केशव बडाल, मीनबहादुर गुरुङ र राजेन्द्र मल्लले सुप्रवल जनसेवा श्री तृतीय [&hellip;]</p>

काठमाडौँ । विभिन्न क्षेत्रका योगदान दिने विभिन्न व्यक्तिलाई सरकरले पदक वितरण गरेको छ । नयाँ बर्षको अवसरमा पदक वितरण गरिएको हो । एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक वितरण गरिएको हो ।

आर्थिक क्षेत्रबाट व्यवसायी हेमराज ढकाल, देवीप्रसाद भट्टचन, लोकमान्य गोल्छा, हरिभक्त शर्मा, केशव बडाल, मीनबहादुर गुरुङ र राजेन्द्र मल्लले सुप्रवल जनसेवा श्री तृतीय पदक पाएका छन् ।

त्यसैगरी प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाह, कृषि सहकारी क्षेत्रबाट मीना ढकाल र उद्यमी निरु पुलामीले प्रवल जनसेवा श्री चतुर्थ पदक गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यता, प्रवल जनसेवा श्री चतुर्थ पदक पाउनेमा चितवन रत्ननगर टाँडीका व्यवसायी दीपककुमार कर्माचार्य, यादवप्रसाद पाण्डे, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी तथा होटल संघ नेपालका अमरमान शाक्य रहेका छन् । विभिन्न अवसरहरुमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पदक प्रदान गर्दै आएको छ ।

Share News