
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति ऋण ७ हजार ४३ रुपैँयाले बढेर ३१ हजार ७ सय ५० रुपैँया पुगेको छ । २०७४ सालमा २४ हजार ७ सय ७ रुपैँया प्रतिव्यक्ति ऋण २०७५ सालमा बढेर ३१ हजार ७ सय पुगेको हो ।
महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको छ । साथै महालेखाको प्रतिवेदनमा वर्ष २०७५ मा ३ खर्ब ७७ अर्ब ४७ करोड ६५ लाख बेरुजु फस्र्यौट हुन बाँकी रहेको उल्लेख छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन महालेखापरीक्षक टङ्कमणि शर्माले हस्तान्तरण गरेका छन् । राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण पछि पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।
