
काठमाडौँ । कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा सघं (कोषान) ले तराईका हावाहुरी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त ५० हजार सहयोगको चेक कोषानले आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान समारोहमा नेपाल उद्योग वाणिज्य सघंका वस्तुगत तर्फका उपाधाक्ष्य उमेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
विपत्तिमा परेका देशका नागरिकको सहयोगार्थमा सम्पूर्ण व्यवसायी सघंले एकियवद्धता जनाउन आग्रह गर्दै आर्थिक सहयोग तीव्र बनाउनु पर्न श्रेष्ठले बताए । हालै तराई क्षेत्रको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सान्त्वना दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरिएका थिए ।
उक्त कार्यक्रमको सभापतित्व गरिरहेका कोषान अध्यक्ष गोविन्द ढुंगेलले कुरियर सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउन सघंले विभिन्न क्रियाकलाप लक्षित समय भित्र सम्पन्न भएको उनको जिकिर थियो ।