पर्यटनमा महिलाको सहभागिता बढाउँछौँः चेम्बर अध्यक्ष श्रेष्ठ

<p>काठमाडौँ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि हर्बल र पर्यटनमा महिलाको सहभागिता बढाउन मोफसलमा समेत कार्य गर्न चेम्बर लागेको बताएका छन् । चेम्बर अफ कमर्शमा बिहीबार भएको विभिन्न पार्टीका नेतृसँगको भेटघाट कार्यक्रममा उनले महिलाको आर्थिक क्षेत्रमा सहभागिता बढेको देखाउन अन्तराष्ट्यि महिला एक्स्पो गर्न लागको जानकारी दिए । आर्थिक कार्यमा महिला सहभागिता बढाउन अचार [&hellip;]</p>


काठमाडौँ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि हर्बल र पर्यटनमा महिलाको सहभागिता बढाउन मोफसलमा समेत कार्य गर्न चेम्बर लागेको बताएका छन् ।

चेम्बर अफ कमर्शमा बिहीबार भएको विभिन्न पार्टीका नेतृसँगको भेटघाट कार्यक्रममा उनले महिलाको आर्थिक क्षेत्रमा सहभागिता बढेको देखाउन अन्तराष्ट्यि महिला एक्स्पो गर्न लागको जानकारी दिए । आर्थिक कार्यमा महिला सहभागिता बढाउन अचार र रोटी बनाउने र बिक्रि गर्ने कार्य मात्र नभई उत्पादनमुलुक क्षेत्रमा महिला आफै अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले अधिकार खोजेपनि उत्तरदायित्व बहन गर्न नसकेकोले समस्या देखिएको बताइन् ।

Share News