आर्थिक क्रान्तिका लागि निजी क्षेत्रको ५५% सहभागिता आवश्यक: प्रधानमन्त्री

<p>काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक क्रान्तिका लागि निजी क्षेत्रको ५५ प्रतिशत सहभागिता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ औ वार्षिक साधारण सभा एवम् उद्योग बाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उनले उद्योगीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । विद्युतीय [&hellip;]</p>


काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक क्रान्तिका लागि निजी क्षेत्रको ५५ प्रतिशत सहभागिता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ औ वार्षिक साधारण सभा एवम् उद्योग बाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।

उनले उद्योगीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । विद्युतीय सवारी साधनका कारखाना निर्माण गर्न उनले आग्रह गरे । औद्योगिक बाताबरण निर्माणका लागि के के कानून निर्माण गर्नु पर्यो ? कुन कुन कुरा परिमार्जन गर्नु पर्यो ? त्यो सबै काम गर्न सरकार तयार छ–प्रधानमन्त्री आृेलीलृे भने । मुलुकका कुनै पनि नागरिक भोकभोकै मर्ने छैनन्, सरकारले त्यसको ग्यारेन्टी गर्ने उनले बताए ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले बैंकको ब्याज दर बढी भएकाले उद्योगी व्यवसायी समस्यामा परेको बताइन् । उद्योगीहरुलाई नयाँ उद्योग स्थापनाको लागि जग्गाको समस्या रहेको उनले बताइन् । नेपालमा उत्पादन लागत बढी हुँदा नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न ग्राहो भएको बताइन् । नेपाली उद्योगीका समस्या समाधान गर्ने, ऐन कानून सच्याउने/परिमार्जन गर्ने प्रतिबद्धता आउँछ, तर सरकारले लगानी मैत्री कानून नबनाउने गरिरहेको बताइन् ।

यसैबीच, प्रदेशका आर्थिक विकासको सम्भाव्यता विषयक बहस कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको छ ।

Share News