लक्ष्मी केर्यसद्वारा ११औं माउन्टेन साइकल र्याली पोखरामा

<p>काठमाडौं । लक्ष्मी बैंकको लक्ष्मी केर्यसद्वारा ११औं माउन्टेन साइकल र्याली पोखरामा भएको छ । लक्ष्मी बैंक कर्मचारीद्वारा संञ्चालित लक्ष्मी केर्यस नामक गैरसरकारी संस्थाले उज्यालो अभियान अन्तर्गत “गो ग्रिन”अभियानलाई प्रवर्धन गर्ने उद्देश्य समेतले आयोजना गरिएको यस साइकल र्यालि पोखरा औद्योगिक क्षेत्रबाट वाटरफ्रन्ट रिसोर्ट सम्मको १३ किलोमिटर सम्म गरिएको थियो । २०० भन्दा बढि प्रतियोगि रहेका यस [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकको लक्ष्मी केर्यसद्वारा ११औं माउन्टेन साइकल र्याली पोखरामा भएको छ । लक्ष्मी बैंक कर्मचारीद्वारा संञ्चालित लक्ष्मी केर्यस नामक गैरसरकारी संस्थाले उज्यालो अभियान अन्तर्गत “गो ग्रिन”अभियानलाई प्रवर्धन गर्ने उद्देश्य समेतले आयोजना गरिएको यस साइकल र्यालि पोखरा औद्योगिक क्षेत्रबाट वाटरफ्रन्ट रिसोर्ट सम्मको १३ किलोमिटर सम्म गरिएको थियो ।


२०० भन्दा बढि प्रतियोगि रहेका यस र्यालिका प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सह प्रायोजकका रुपमा प्राइम लाईफ इन्स्युुरेन्स तथा रेडबुल रहेका थिए । नेपाल पर्यटन वोर्डको “भिजिट नेपाल २०२० लाई समेत प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरा मोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिवेक हस्पिटल रहेका थिए ।

साइकलयात्रामुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो । यो वार्षिक कार्यक्रमले जनचेतना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जर्गेना गर्दै नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघसंस्थामा सहयोग गर्दै आएको छ ।

गतवर्षहरुमा उज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर तथा भद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–वारा, चण्डेश्वरी मन्दिर बनेपा आदि क्षेत्रमा सोलार लाइट जडान गरेको थियो ।

Share News