शुक्रबार मात्रै १३ लाख कित्ता बोनस र २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २६ कात्तिक । शुक्रबार मात्रै १३ लाख ६९ हजार ५६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन २० लाख २९ हजार ४६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । भक्तपुर फाइनान्स कम्पनीको १ लाख १० हजार कित्ता र बाग्मती डेभलपमेन्ट बैंकको ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख ५९ हजार ५६५ कित्ता, कर्नाली डेभलपमेन्ट बैंकको २ लाख कित्ता र नेपाल कम्यूनिट डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल कम्यूनिट डेभलपमेन्ट बैंककै १० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । हकप्रद सेयरमा बुटवल पावर कम्पनीको एक लाख ८८ हजार ९३० कित्ता, सानिमा बैंकको एक लाख ६८ हजार ५३२ कित्ता र सिर्जना फाइनान्सको ६ लाख ७२ कित्ता सेयर नप्सेमा सूचिकृत भएको छ ।

त्रिवेणी विकास बैंकको ४१ लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, २३ कात्तिक । त्रिवेणी विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ४१ करोड ७६ सय मुल्य बराबरको ४१ लाख ७६ कित्ता हकप्रद सेयर जारी गरेको हो । एक सय रुपैंयाँ सो मात्राको हकप्रद सेयरका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । त्रिवेणीको चुक्ता पुँजी ८२ करोड १५ हजार २८४ रुपैयाँ रहेको छ । त्रिवेणीले एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

सेती फाइनान्सको साढे नौ लाख कित्ता हकप्रद सेयर, मंसिर १ देखि आवेदन दिन पाइने

काठमाडौं १२, कात्तिक । सेती फाइनान्स लिमिटेडले नौ लाख ५१ हजार ७८६ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । प्रति साधारण सेयर सय रुपैयाँ अंकित दरका लागि निष्कासन यो शेयर १ दशमलव पाँच साधारण सेयर बराबार एक हकप्रद हो । फाइनान्सले एक शेयर बराबार एक दशमलव पाँच अर्थातमा १ः १.५ को अनुपातमा हकप्रद निष्कासनको आवेदन गरेको हो । यो वित्तीय संस्थाको हाल कामय चुक्ता पूँजी ६ करोड ३४ लाख ३४ लाख रुपैयाँको साढे नौ लाखको हकप्रद जारी गरेको हो । पुस ५ गतेसम्म आवेदन गर्न पाइने यो वित्तीय संस्थाको सेयर निष्कासन था विक्री प्रवन्धक एनआईबीएल क्यापीटल हो । यसको हकप्रद सेयरको लागि नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग र कुमारी बैंक लिमिटेड पुतलीसडकबाट आवेदन दिन पाइने छ ।