सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको नँयाबजारमा
काठमाडौं, १२ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नयाँबजारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ
सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वार गर्ने
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले तोकिएको चुक्ता पूँजी पु¥याउन क्षेत्रिय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्वार) गर्न एमओयूमा हस्ताक्षर गरेको छ । बैंकले प्राप्ती सम्बन्धी कार्य आगामी पौष मसान्तभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ । सेञ्चुरी बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने थप ८५ करोडको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । त्यसैगरी, बैंकको कुल निक्षेप २६ अर्ब ०१ करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरी ३४ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले बताएको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल पूँजी २९ करोड ९ लाख रुपैयाँ, कूल निक्षेप २ अर्ब १० करोड र कर्जा रकम एक अर्ब ७५ करोड रुपैयाँ परिचालन गरी ५ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । यस बैंकको केन्द्रीय कार्यलय भैरहवा रही ९ वटा शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन् ।
आर्थिक विकासमा अवरोध गर्न खोज्ने तत्वलाई राज्यले सहन नसक्ने प्रधानमन्त्रीको भनाई
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजनीतिक अधिकार र सामाजिक न्यायको अभियान समाप्त भएकोले सरकार र निजी क्षेत्र एकसाथ नेपाल निर्माण अभियानमा लाग्नु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र हिमालय टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको सीएनआई नेपाल निमार्ण २०७३ को उद्घाटन गर्न सोल्टी होटल पुगेका ओलीले भने–‘यस्ता रचनात्मक अभियानमा निजी क्षेत्रसँग काँधमा काँधमिलाएर अघि बढ्न सरकार सदैव तयार छ र आर्थिक विकासलाई अघि बढाउने कुनै पनि कार्यमा अवरोध गर्न खोज्ने कुनै पनि समूह वा तत्वलाई राज्यले सहन सक्दैन ।’ कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले अगिंकार गरेको उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्ने नीतिलाई सहयोग गर्न परिसंघले सीएनआई नेपाल निमार्ण २०७३ अभियान सञ्चालन गरेको बताए । राजनीतिक आन्दोलनमा पूरै एक पुस्ताले शंघर्ष गरेको बताउँदै शर्माले भने–‘अबको पुस्ता राष्ट्र« निर्माणमा आफ्नो पूँजी र विज्ञता प्रयोग गर्न तम्तयार छ । त्यसका लागि सरकारले उद्योग व्यसाय सञ्चालन र मौलाउन सक्ने वातावरण निर्माणमा सरकारको भुमिका अपरिहार्य छ ।’ सीएनआई नेपाल निमार्ण २०७३ मा शुक्रवार ४ र शनिवार ४ गरि कुल ८ विषयमा प्यानल छलफल हुने कार्यक्रम छ । कार्यक्रममा भएको विचार विमर्षबाट निस्केका निश्कर्षहरु समावेश प्रतिवेदन विभिन्न सरोकारवाला निकायहरुका पेश गर्ने आयोजकको योजना छ । सीएनआई नेपाल निमार्ण २०७३मा प्रधानमन्त्रीलगायत सरकारी निकायका वरिष्ठ अधिकारीहरु, विदेशी नियोगका प्रतिनिधिहरुका साथै विभिन्न देशका राजदुत र सीएनआईका पदाधिकारीहरु तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।