विकासन्युज

धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै

जापान, १ असार । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा सुरु गरेको नमुना एकीकृत बस्ती निर्माणमा सहयोगार्थ आर्थिक सङ्कलन अभियानबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ । संस्थागत रुपमा ‘विइ फर अल’ र व्यक्तिगत रुपमा सबैभन्दा पहिला व्यवसायी नरबहादुर थापाले पठाएको रकम गरी जापानबाट सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुग्ने भएको हो । नेपालकैलाई नमुना काम भएकाले व्यक्तिगत तथा सस्थांगत रुपमा सहयोगीकर्ताहरु थपिँदै गएकाले अभियान पर्सि शुक्रबारसम्म लम्ब्याइएको संयोजक शिवकुमार तण्डुल्कारले बताए । सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीको योगदानलाई स्मरण गर्दै सहयोगी थपिने क्रम जारी रहेको कतिपयले सिधै फाउन्डेसनमै सहयोग दिने गरेको बताइएको छ । रासस

सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुर्याउनको लागि बैंकले उक्त स्थानमा सो सेवा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको बैंकले जनाएको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको बैंकबाट जारी विज्ञेप्तिमा उल्लेख छ ।

एक लाख भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार

काठमाडौं, १ असार । सरकारले एक लाख परिवार भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । मंगलबारसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका हुन् । भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो । संघीय मामिल तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६६ सय ६० घरधनीसँग अनुदान सम्झौता भएको छ । यस्तै काभ्रेमा १४ सय ७५, दोलखामा १६ हजार २ सय, रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २ सय २, सिन्धुलीमा ११ सय र मकावनपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको छ । यसरी अनुदान सम्झौता सम्पन्न भएको एक हप्ता भित्रै लाभग्राहीको बैंक खातामा घर निर्माणका लागि सरकारले दिने २ लाख नगद अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ । सरकारले निजी घर निर्माणका लागि तीन किस्तामा दुई लाख अनुदान उपलब्ध गराउने कार्यबिधी तयार पारेको छ । त्यसमा पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रो तथा अन्तिम किस्ताका रुपमा ७० हजार रुपैंयाँ उपलब्ध गराइनेछ ।

एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’

काठमाडौं, ३२ जेठ । एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । नाईट एसएमएस प्याक असार १० बाट लागु भई ३ महिनाको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । “बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”

होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता

काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

महिन्द्रा जेनेरेटरको नेपालका लागि आधिकारीक वितरक अग्नि ग्रुप

काठमाडौं, ३२ जेठ । महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीलाई नियुक्त गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक शोरुम अग्नी इनर्जीले गैरीधारा र टेकुमा विशेष कार्यक्रमका साथ उद्घाटनको गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटर अब नेपाका विभिन्न स्थानमा छरीएर रहेको अग्नी इनर्जीको आधिकारीक डिलरहरुमा उपलब्ध हुनेछ । महिन्द्रा एण्ड महिन्द्राको दक्षिण एसियाका भाईस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्नल अप्रेशन श्री सन्जय जदाब भन्नुहुन्छ “ नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारीक वितरकका रुपमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीसँग साझेदारी गर्न पाउदा हामीलाई अतिनै गर्व लागेको छ ।” यस साझेदारीसँगै हालै नियुक्त गरीएका नयाँ डिलर तथा भईरहेका डिलर मार्फत अब हामी नेपालको १२ जिल्ला लगाएत थप जिल्लाका उपभोक्ताहरुमाझ पुग्ने योजनामा छौं । अग्नी ग्रुपसँग हाम्रो २५ वर्षदेखिको पुरानो अन्य व्यवसायीक सम्बन्ध रहदै आएको छ, जसले हाम्रा विश्वासको प्रमाण दिन्छ नेपालमा एक साथ काम गर्ने र ग्राहकाबर्गमा राम्रो सेवा प्रदान गर्न र अघि बढ्न सक्षम भएका छौं । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, “नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभिए देखि २०० केभिए सम्म उपलब्ध छ । यसको मूख्य विशेषता भनेको इन्धन कम खपत गर्ने र मितव्यी छ । साथै कम्पनीले ग्राहाकहरुले पूर्ण सर्भिस सेन्टर उपलब्ध गराउने छ, चुस्तरुपमा ग्राहाकको स्थानमा पुर्याइने छ भने खरिदका लागि सजिलैसँग कर्जाको पनि उपलब्ध गराउने बताएको छ ।

अब युवा होइन नेपाली उत्पादनको निर्यात गर्छाैः मन्त्री पाण्डे

भक्तपुर , ३२ जेठ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने घोषणा गरेका छन् ।  त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेको पनि उनले बताए । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने–मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताएका हुन । पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए । सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको बताए । सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए । सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गरे । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताए ।

टाटा मोटर्सको टेक्निकल ट्रेनिङ्ग सम्पन्न

काठमाडौं, ३२ जेठ । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालका लागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा ड्राइभरहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुलाई उपयुक्त तरिकाले गाडीहरु सञ्चालन गरि बढी भन्दा बढी आय आर्जन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले उक्त ट्रेनिङ्ग सञ्चालन गरिएको कुरा कम्पनीले जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा समान्य गाडी मर्मतका तरिकाहरु र टाटा मोटर्स्को सेवाप्रति ग्राहकहरुको प्रतिक्रियाको बारेमा समेत छलफल गरिएको थियो ।