विकासन्युज

जनताको लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी बन्छ:माधव नेपाल

काठमाडौं । नेपाल कम्यिुनिष्ट पार्टी जनताको लोकप्रिय पार्टी बन्ने नेता माधव नेपालले बताएका छन् । पार्टी एकताको औपचारीक घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले अब दिनदुखी गरिबीको लोकप्रिय पार्टी बन्ने बताएका हुन् । देश विकासको लागि स्थीर सरकार आवश्यक रहेको र त्यो सपना नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेका नेता नेपालले बताए । उनले भने-‘पार्टीको आन्तरिक रुपमा संगठीत भएपछि सबै भादृसंगठनको एकता अधिवेशन हुनेछ, यस महान अभियानमा सबै नेता तथा कार्यकर्ताले हातेमालो गर्नुपर्छ ।’

एभरेष्ट बैंकको थप शाखा टाँडीमा, क्यामेल्स रेटिङ्मा दोस्रो स्थान हाँसिल गर्न सफल

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो थप शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । हालै भएको क्यामेल्स रेटिङ्मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ । बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टर्मिनलमामा र मास्टर कार्ड, माएस्ट्रो र साईरस ब्राण्डको कार्डहरु बैंकको एटीएमहरुमा प्रयोग गर्न सकिनेछ ।  

विदेशी मुद्रा संचिति घट्यो, ९.७ महिनाको आयात मात्र धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १० खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ । यसमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । संचिती घटेका कारण वस्तु आयात महिना पनि घटेको हो ।

बन्यो विशाल कम्युनिस्ट पार्टी, देशभर दीप प्रज्वलन

काठमाडौं । दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीले एकताको औपचारीक घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सामुहिक दिप प्रज्वलन गरी पार्टी एकताको औपचारीक घोषणा गरेका हुन् । नयाँ पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् भने तेस्रो वरियातामा माधव कुमार नेपाल रहेका छन् । नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता बनाउने तयारी रहेको छ भने महासचिवमा विष्णु पौडेल रहेका छन् । पार्टीको केन्द्रिय सदस्य ४४१ जना हुने भएको छ । जसमा माओवादीको तर्फबाट २०० जना र एमालेबाट २४१ जना हुनेछन् । यस्तै स्थायी कमिटी सदस्य ४५ जना रहेका छन् । एमालेबाट २६ जना र माओवादीबाट १९ जना रहेका छन् । एकतापछि नेपालको इतिहासमै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बनेको छ । दुबै पाटीको जनमत मिसाउदा ५५ प्रतिसत भन्दा बढी जनमत प्राप्त पार्टी बनेको छ । एकतापछि देशभर दुबै दलका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरी खुशियाली मनाइरहेका छन् ।

महालक्ष्मी विकास बैंकद्धारा बानेश्वरको रुद्रमती विद्यालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । यसैगरी, बैंकको सिमरा शाखाको आयोजनामा जितपुरस्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ वितरण गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

‘स्काईवर्थ वर्ल्डकप अफर’ सञ्चालनमा, विभिन्न टिभी खरिदमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वर्ल्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका विभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यासब्याक अफर ल्याएको हो । यस ब्रान्डका गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा ४३यू५, ४९यू५ र ५५जी६ रहेको छ भने, स्मार्ट टिभीहरुको मोडल ३२एस३ए३१टी र ४३एस३ए३१टी रहेको छ । त्यस्तै एलइडी टेलिभिजनमा २४ई३ए१२जी, ३२ई२, ३९ई३१००, ४३ई३ए१२जी र ५५ई३ रहेको छ । कम्पनीले बिक्रीगर्ने ४के यूएचडीको मोडल नम्बर ६५ई६००० रहेको छ । कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो । स्काइवर्थको क्वालिटिसँग फुटवलको आनन्द लिउँन भन्ने उद्देश्यले विशेष अफर योजना ल्याएको हो । यो ‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीको लागि मात्र दिइएको कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।