काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार (आज) भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच तीन घण्टा लामो संवाद भएको हो ।
भारत भ्रमणको पूर्वसन्ध्यामा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्न लागेका हुन् ।
उनी सोही दिन दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईका अनुसार सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ ।
त्यसबाहेक निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि भ्रमणमा सहभागी हुने जनाइएको छ । व्यवसायीहरूले आफ्नै खर्चमा भारत भ्रमण गर्नेछन् ।
दिल्लीमा प्रधानमन्त्री शाहको व्यस्त कार्यतालिका