काठमाडौं । ललितपुरबाट जुवातास खेल्ने र खेलाउनेसहित १९ जना पक्राउ परेका छन् ।
ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार उनीहरू ५ लाख ७३ हजार ६३५ रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।
सोमबार ललितपुर, गोदावरी नगरपालिका ६ को भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र वडा ५ को लेले चम्पेश्वरीस्थित यम कुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट पाँच बुक तास र ५ लाख ७३ हजार ६३५ रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।