२ अर्ब बढीको क्रिप्टोकरेन्सीसहित एक युवक पक्राउ

काठमाडौं । २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले धनुषाको सबैला नगरपालिका– १२ का सुनीलकुमार यादवलाई पक्राउ गरेको हो ।

बाइनान्स आइडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ युएसडिटी (२ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँ) बराबरको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । 

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Share News