काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेपछि आइतबार सुनको भाउ २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शनिबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । यसअनुसार एकैदिन सुनको मूल्यमा उल्लेख्य कमी आएको हो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।