किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध ठगीसहित दश मुद्दामा अनुसन्धान हुँदै

फाइल तस्विर

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान हुने भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बैंकिङ कसुरमा ९ वटा र १ ठगी कसुरमा अनुसन्धान भइरहेको छ ।

अध्यक्षविरुद्ध काठमाडौं प्रहरी अन्तर्गत विभिन्न वृत्तमा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार तामाङको सीआरएस अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० मुद्दा भेटिएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी परिसर भक्तपुरमा समेत बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भएको प्रहरीले उल्लेख गरेको छ । उनीविरुद्ध परेको उजुरीमा २ लाख रुपैयाँ तिर्नुपर्ने प्रहरीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

उनीमाथि सबै मुद्दामा अनुसन्धान अगाडि बढ्ने एसपी दानबहादुर थापाले जानकारी दिए । सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले राखेको बैठकमा हिजो तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई हनुमानथानबाट पक्राउ गरिएको थियो ।

उनलाई हिजो दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको थियो ।​​​​​​

null

Share News