काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २९ गते बसेको ४२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोही पुँजीको ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश रहेको छ । सञ्चालक समितिको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।