काठमाडौं । ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनी भेरिडोसका प्रतिनिधिलाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
बुधबार (आज) विशेष अदालतका न्यायाधीशद्वय नारायण पौडेल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले भेरिडोसका प्रतिनिधिलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
ई–पासपोर्ट खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मन कम्पनी भेरिडोसलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।
मुद्दाको सुनुवाइका क्रममा नेपालका लागि जर्मन कार्यवाहक राजदूत बेन्जामिन सिडेलसमेत अदालतमा उपस्थित भएका थिए ।
भेरिडोसमा जर्मन सरकारको समेत आंशिक स्वामित्व रहेको छ ।
यसैबीच, नयाँ ई–पासपोर्ट प्रणाली सञ्चालनमा आएयता भेरिडोसले हालसम्म १ लाख ६ हजार ई–पासपोर्ट छापिसकेको जनाइएको छ ।