काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य मंगलबारको तुलनामा केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा पुगेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ १२ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ९ पैसा कायम भएको छ ।
एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६५ पैसा र जापानी येन (१०) को बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
खाडी मुलुकका मुद्रामा साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७० पैसा र युएई दिराम ४१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् राखेको छ ।
केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर बैंकको वेबसाइटबाट हेर्न आग्रह गरिएको छ ।