डल्ले खुर्सानीमा भेटियो विषादी

काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा बिक्रिका लागि राखिएको डल्ले खुर्सानीमा विषादी भेटिएको छ । 

मकवानपुरको इन्द सरोवरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा ४०.५९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १० थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये डल्ले खुर्सानीमा विषादीको मात्रा रहेको फेला परेकाले केही राखेर पर्खनुपर्ने बताएको छ ।

अर्गानोफस्फेट’ विषादी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यसले मष्तिष्क, स्नायु प्रणाली र पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ ।

Share News