काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेपाल एसबीआई बैंकको १६ करोड, आँखु खोलाको ११ करोड र रिलाइन्स स्पिीनिङको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्सेका अधिकांश उपसूचकमा सामान्य वृद्धि देखिएको छ । बिहीबारको कारोबारमा उत्पादन तथा प्रशोधन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन उपसूचक १७९.१४ अंकले बढेर १० हजार ४१२.९७ विन्दुमा पुगेको छ । वित्त उपसूचक १४.९६ अंकले बढेर २ हजार २६८.७३ विन्दुमा पुगेको छ भने विकास बैंक उपसूचक २३.९० अंकले बढेर ५ हजार ४३८.३७ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन उपसूचक २९.६३ अंकले बढेर ७ हजार १५२.९८ विन्दुमा पुगेको छ । बैंकिङ उपसूचक २.०९ अंकले बढेर १ हजार ४२८.५६ विन्दुमा पुगेको छ । त्यस्तै लघुवित्त उपसूचक ५.३९ अंक, लगानी उपसूचक ०.१४ अंक र व्यापार उपसूचक ०.१२ अंकले बढेका छन् ।
यस्तै जलविद्युत् उपसूचक १९.७८ अंकले घटेको छ । जीवन बीमा उपसूचक २८.१० अंक, अन्य उपसूचक १९.९५ अंकले घटेका छन् ।
सबैभन्दा धेरै गिरावट गैरजीवन बीमा उपसूचकमा देखिएको छ । उक्त उपसूचक २०३.४२ अंक अर्थात् २.०४ प्रतिशतले घटेर ९ हजार ७३२.१६ विन्दुमा झरेको छ ।
त्यस्तै म्युचुअल फण्ड उपसूचक ०.६३ अंक अर्थात् ३.१२ प्रतिशतले घटेर १९.६७ विन्दुमा कायम भएको छ ।