निरन्तर उकालो लाग्दै सुनको मूल्य, तोलाको ३ लाख १९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
 

Share News