काठमाडौं । युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले उम्मेदवारी दिएका हुन् ।
थापाले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले युवालाई रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताएका छन् ।नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्।
'युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउने मेरो प्रतिबद्धता छ,' थापाले भने।
उनले संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने समेत बताएका छन्।
गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा १ हजार ४९४ मत ल्याएर विजयी भएका थिए । उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।
विगत दुई कार्यकालमा सदस्य भएका थिए । उनी पोखराको प्रतिष्ठित व्यवसायीक संस्था (अंशुभरा ग्रुप) का प्रबन्ध निर्देशक हुन् ।