ब्यारेक छाडेका ६ सशस्त्र प्रहरीलाई ७ दिने अल्टिमेटम

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले विभिन्न युनिटबाट बिदा तथा आफूखुसी लाइन–ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका ६ जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्कमा आउन निर्देशन दिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान अमृत श्रेष्ठ, रुद्र प्रसाद नेपाल, सुनिल चौधरी, दिपेन्द्र बोहरा, दिपक थलाल र यामराज सार्कीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

प्रधान कार्यालयका अनुसार उनीहरू लामो समयदेखि गैरहाजिर रहनुका साथै कुनै किसिमको सम्पर्कमा समेत नरहेकाले सार्वजनिक सूचनामार्फत हाजिर हुन आह्वान गरिएको हो ।

सूचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

null

Share News