काठमाडाैं । गण्डकी प्रदेश सरकारले फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणको लागि ५ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणको सो रकम विनियोजन गरेको जानकारी दिए ।