फुडमान्डु अब चितवनमा पनि, फुड अडरमा ३० प्रतिशतसम्म छुट

<p>चितवन । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो । कम्पनीले यही बैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो । कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर [&hellip;]</p>

चितवन । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो ।

कम्पनीले यही बैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो ।

कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुका खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ ।’

त्यस्तै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजनामा रहेको बताए।

स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौं र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको छ । चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । साथै, भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आवद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डुसँग अहिले एक हजारभन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् ।

चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा फुडसफारी कोड प्रयोग गर्दा ३० प्रतिशत अर्थात पाँच सय रुपैयाँसम्म छुट पाउने घोषणा गरेको छ । यो उपलब्धीलाई निरन्तरता दिँदै फुडमान्डुले अन्य मुख्य सहरहरुमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ ।

Share News