अब बैंकको कर्जा असुली सहज हुन्छ : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् । &#8216;चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् ।

‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ,’ उनले भने ।

त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए ।

साथै, राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए ।

Share News