राष्ट्र बैंकका पूर्व गभर्नर ढकाल सम्मानित, अन्य को-को ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल सम्मानित भएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनीसहित अन्य विभिन्न कर्मचारी विभिन्न पदकबाट सम्मानित भएका हुन् । सम्मानित भएकामध्ये तीन जना कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित भएका छन् । २० वर्ष काम गरेका बैंकिङ विभागमा कार्यरत कार्यकारी निर्देशक विष्णु थापा, गभर्नर कार्यालयमा कार्यरत निर्देशक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल सम्मानित भएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनीसहित अन्य विभिन्न कर्मचारी विभिन्न पदकबाट सम्मानित भएका हुन् ।

सम्मानित भएकामध्ये तीन जना कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित भएका छन् । २० वर्ष काम गरेका बैंकिङ विभागमा कार्यरत कार्यकारी निर्देशक विष्णु थापा, गभर्नर कार्यालयमा कार्यरत निर्देशक डिल्लीराम पोखरेल र भुक्तानी प्रणाली विभागमा कार्यरत लक्ष्मीप्रसाद प्रसाईं रहेका छन् ।

त्यसैगरी, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा पुरस्कारबाट चार जना उत्कृष्ट र एक जना सर्वोत्कृष्ट कर्मचारीको पदकबाट सम्मानित भएका छन् । सिद्धार्थ नगरमा कार्यरत सुवराती पठान, टक्सार महाशाखामा कार्यरत कामु निर्देशक श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयमा कार्यरत प्रियंका ठाकुर र कानुन महाशाखामा कार्यरत सुमन आचार्य उत्कृष्ट कर्मचारीबाट सम्मानित भएक हुन् भने निर्देशक किरण पण्डित सर्वोत्कृष्ट कर्मचारीको पदबाट सम्मानित भएका हुन् ।

Share News