
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समाराेहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् ।
उनले आर्थिक श्रृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताइन् ।
उनले भनिन्, ‘अहिले खराब कर्जा बढिरहेको छ, गैर बैंकिङ सम्पत्ति बढिरहेको छ, यो चुनौतिका बिच पनि रेमिट्यान्स बढेको छ ।’
डेपुटी गर्भनर ढुंगानाले अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनु बताइन् ।