सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा बस्दै

<p>काठमाडौं । सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बस्दैछ । सभा भैरहवा रुपेन्देहीको होटल भिलासामा बिहान १० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको [&hellip;]</p>

काठमाडौं । सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बस्दैछ । सभा भैरहवा रुपेन्देहीको होटल भिलासामा बिहान १० बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Share News