
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पेमगेट्वेसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।
यससँगै हालका अर्थसचिव कृष्णहरि पुष्करलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।