काठमाडौं । सरकारले भोलि अर्थात बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन भएकाले सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका राजा दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउन लागेका हुन् । उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।