कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए सपथ

<p>विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको सचिवालय हलमा आइतबार आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् । प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश [&hellip;]</p>

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभाको सचिवालय हलमा आइतबार आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् ।

प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए । पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए ।

Share News