प्रभु बैंकका तीन जना सञ्चालकले दिए राजीनामा, सिंह र मानन्धर नियुक्त

<p>काठमाडौं । प्रभु बैंकका तीन जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रमेश खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधानले राजीनामा दिएको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । कम्पनी सचिव भण्डारीका अनुसार रिक्त रहेको उक्त सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । संस्थापक समूहबाट प्रतिनिधित्व [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकका तीन जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रमेश खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधानले राजीनामा दिएको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।

कम्पनी सचिव भण्डारीका अनुसार रिक्त रहेको उक्त सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको हो ।

नवनियुक्त सञ्चालक सिंह ललितपुर महानगरपालिका–२ स्थित सानेपा र मानन्धर टोखा नगरपालिका–३ मा बस्छन् । स्वतन्त्र सञ्चालकमा भने नियुक्त गरेको छैन ।

Share News