दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, २१ दिनभित्र आवेदन दिनुपर्ने

<p>काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशन गरी डीडीसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त आह्वान हो। महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को [&hellip;]</p>

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशन गरी डीडीसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त आह्वान हो।

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तररव्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

Share News