सरकारले ८ महिनामा खर्च गर्यो आठ खर्ब बढी, नगद मौज्दात २ खर्ब मात्रै

<p>काठमाडौं । नेपाल सरकारको कुल खर्च ८ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा सरकारको सो रकम बराबरको खर्च भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो आठ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको थियो भने समीक्षा अवधिमा २.९ [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारको कुल खर्च ८ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा सरकारको सो रकम बराबरको खर्च भएको छ ।

सरकारी खर्च गत आर्थिक वर्षको पहिलो आठ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको थियो भने समीक्षा अवधिमा २.९ प्रतिशतले वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च ५ खर्ब ८२ अर्ब ११ करोड, पुँजीगत खर्च ८१ अर्ब २१ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ३८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १४.९ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.७ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ५ खर्ब ७८ अर्ब ६७ करोड र गैर कर राजस्व ६० अर्ब ३७ करोड रुपैयाँ परिचालन भएको छ ।

नेपाल सरकारको नगद मौज्दात

२०८० फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

Share News