भएका जहाज व्यवस्थापन गर्न नसक्ने मन्त्री किराती किन गर्दैछन् १० जहाज थप्ने स्टन्ट ?

<p>काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् । चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर [&hellip;]</p>

काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् ।

चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर उडान तालिका बिग्रिरहेका बेला विभागीय मन्त्रीका रुपमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती भने थप जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । विदेशी वायुसेवा कम्पनीले धमाधम उडान थप गरेर व्यापार गरिरहँदा विभागीय मन्त्रीले उडान व्यवस्थापनमा कुनै ध्यान नै नदिई स्टन्ट देखाउन नयाँ जहाज खरिद गर्ने गरेको निगमका अधिकारीहरु बताउँछन् ।

‘निगमलाई कसरी हुन्छ नाफामुखी बनाउनु पर्ने जिम्मेवारी मन्त्रीको पनि हो, संकटको समयमा व्यवस्थापनमा कुनै चासो नदेखाएर बाहिर स्टन्टबाजी मात्रै गर्न थाले’, निगमका एक कर्मचारीले भने ।

गत सोमबार काठमाडौं–नारिता उडान गरेर फर्किएपछि निगमको (अन्नपूर्ण) एयरबस ३३० जहाज ग्राउण्डेड भएको छ । रुटिङ इन्फेक्सन (उडान साइकल) सकिनै लागेको भन्दै काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको जहाज ६ दिनदेखि ग्राउन्डेड भएको हो । जहाजमा जडान गरिएकाे इन्जिनकाे ब्लेडहरूकाे रुटिङ इन्फेक्सन समयमै गर्न नसक्दा उडान साइकलमा सिमित बनेकाे थियाे ।

६ दिनदेखि ग्राउन्डेड भएकाे उक्त वाइडबडी जहाजमा जडान गरिएकाे इञ्जिन निकालेर मर्मतको काम भैरहेको भन्दै ३/४ दिनमा उडान गर्ने निगमले जनाएको छ ।

निगमका एक क्याप्टेनले अहिले प्राविधिकले इन्जिन निकालेर अध्ययन गरिरहेको भन्दै छिट्टै उडान गर्ने आशा व्यक्त गरे । ‘विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान संख्या थपिरहेका छन्, भएका जहाजले नियमित उडान गर्न समेका छैनन्, ती क्यापटेनले भने, ‘एउटा जहाज बिग्रिँदा उडान सेड्युल नै प्रभावित भएर यात्रुलाई होटलमा राख्नुपर्दा खर्च मात्रै बढेको छ, भएका जहाज व्यवस्थापन गर्न सकिएको छैन, यसमै थप जहाज थप्ने विषय स्टन्ट मात्रै हो ।’

भएका जहाजलाई समयमै मर्मत गरेर चाडपर्वको सयममा नियमित उडानको तयारी गर्नुपर्ने समयमा विभागीय मन्त्री भने स्टन्टवाजीमा लागेको उनको भनाइ छ । ‘मन्त्रीलाई निगमको कुनै वास्ता नै छैन, किन जहाज उडेन भन्नेतर्फ मन्त्रीको ध्यान छैन, गर्ननसक्ने ठूला कुरामात्रै गरेर निगमलाई झन डुबाउने खेलमा मन्त्री लागेको देखिन्छ,’ उनले भने ।

पर्यटनमन्त्री किरातीले निगमले यसै वर्षभित्र थप १० वटा जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले निगमले १० वटा जहाज खरिद गर्ने उद्घोष गरेका हुन् ।

उनले नयाँ जहाज खरिदको प्रक्रिया दशैं अअघि नै सुरु गर्ने भन्दै छिट्टै निगमले थप नयाँ जहाज पाउने जानकारी गराए । मन्त्री किरातीले जहाजको संख्या कम हुँदा भाडा घट्न नसकेको र जहाज थप गर्दा भाडा घट्ने बताए । सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नु पर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको बिसंगतिलाई ्हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । पर्यटनमन्त्री किरातीको निगमले नै जहाज थपेर भाडा घट्ने भन्ने तर्क भने
हास्यास्पद छ ।

निगमले भने मन्त्री किरातीले भनेजस्तो १० वटा जहाज खरिदको विषय जानकारी नभएको बताएको छ । ‘सुरुवाती चरणमा तीन वटा जहाज ल्याउने गरी निगमले तयारी अगाडि बढाएको छ, मन्त्रीले भनेजस्तो यसै वर्षभित्र थप १० वटा जहाज खरिदको प्रक्रियामा अहिलेसम्म कुनै जानकारी भएको छैन’, निगम स्रोातले भन्यो, ‘माथिल्लो निकायमा भएको होला, तर अहिलेसम्म आधिकारीक रुपमा कुनै जानकारी आएकोे छैन ।’

निगमका प्रवक्ता रमेश पौडेल आन्तरिक उडानका लागि निगमको आन्तरिक स्रोतबाट ३ वटा जहाज खरिद प्रक्रिया सुरु भैसकेको जानकारी दिए । ‘हाम्रो तयारी सुरुवाती चरणमा ३ वटा जहाज खरिद गर्ने थियो, सोही तयारी अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्नेगरी हामीले तयारी अगाडि बढाइसकेका छौं, हाम्रो तयारी यसै वर्षभित्र ल्याइसक्ने हो’, उनले भने ।

Share News