काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत अर्थात एक सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । भदौ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
सो अनुसार कम्पनीले अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता सेयर निष्काशन गर्ने छ ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गरिने कम्पनीले जानकारी गराएको छ । सभाले पारित गरेपछि मात्रै उक्त हकप्रदको प्रकृया अघि बढाइने छ ।