काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्न ‘केयर एनपी डबल बी (आइएस)’ केयर रेटिङ प्राप्त गरेको छ । हाइड्रोले आईपीओ जारी गर्न केयर रेटिङ नेपालबाट उक्त रेटिङ पाएको हो ।
उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा कम्पनी मध्यम रहेको बुझाउँछ ।
कम्पनीले ६ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ ।
२०१६ अप्रिल ८ मा स्थापित कालिञ्चोक हाइड्रो एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका ८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।