काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्त संस्थाको १५ प्रतिशत बोनस अर्थात ११ लाख ८७ हजार ९७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।